स्टाइलिस देखिन कस्तो लेगिन्स लगाउने ?


लेगिन्स महिलाहरूले सबैभन्दा बढी प्रयोग गर्ने लोअर पहिरन हो। यो पहिरन कुर्ता, वानपिस, टप्सलगायतका धेरै पहिरनमा लगाउन सकिन्छ। त्यसैले यसलाई भर्सटायल पहिरन पनि मानिन्छ। लेगिन्स आर्टिफिसियल लेदर, कटन, भेल्भेट, ऊनीलगायतका फेब्रिकबाट बनेको बढी प्रचलनमा छ। लगाउन पनि निकै सजिलो हुने लेगिन्स हरेक उमेर समूहका महिलालाई सुहाउँछ।

Leggings

प्रयोग गर्दा पनि निकै आरामदायी अनुभव हुने कारण लेगिन्स अहिले धेरैको रोजाइमा परेको हो। सोही आकर्षणलाई मध्यनजर गर्दै उत्पादकहरूले पनि चिसो मौसममा न्यानो बनाउन भित्री भुवासहित भएको लेगिन्स ल्याएका छन्। बजारमा विभिन्न डिजाइन, कलर तथा मोडेलका लेगिन्स पाइने भए पनि आफ्ना लागि उपयुक्त लेगिन्स खरिद गर्दा यस्ता विषयमा ध्यान पुर्‍याउनुपर्छ।

त्यसो त जस्तोसुकै शारीरिक संरचना भएका महिलालाई लेगिन्स सुहाउँछ। सोहीअनुसारको लेगिन्स बजारमा उपलब्ध पनि हुन्छ। तर, खरिद गर्दा धेरैले यस्ता विषयमा बेवास्ता गरेर गलत लेगिन्स खरिद गर्ने गर्छन्।

लेगिन्सलाई अन्य ड्रेससँग कम्बिनेसन मिलाएर लगाउँदा निकै आकर्षक लुक्स देखाउँछ। तर, खरिद गर्नुअघि कुन कपडासँग म्याच गर्न लागिएको हो, विचार पुर्‍याउनुपर्छ।

यदि तपाईंको शरीर मोटो प्लस साइजको छ भने शरीरसँग धेरै टाँसिने फेब्रिकबाट उत्पादन गरिएको लेगिन्स लगाउनु हुँदैन।

सामान्यतया लेगिन्स प्रयोग गर्दा तपाईंको खुट्टालाई त्यसले पातलो देखाउँछ। त्यसैले दुब्लो पातलो महिलाले लेगिन्स खरिद गर्दा मोटो फ्रेब्रिक प्रयोग गरिएको छनोट गर्नुपर्छ।

लेगिन्स खरिद गर्दा प्रयोग गरिएको कपडाको गुणस्तरमा पनि विचार पु¥याउनुपर्छ। पारदर्शी लेगिन्स छनोट नगर्नु बुद्धिमानी हुन्छ। यसले तपाईंलाई होचो देखाउन सक्छ।

स्किनी लेग फिट लेगिन्स खरिद गर्दा यसको लम्बाइमा विशेष ध्यान दिनुपर्छ। लेगिन्सको लम्बाइ खुट्टाको सबैभन्दा तल्लो भाग अर्थात् गोलीगाँठोसम्म पुग्ने हुनुपर्छ। स्तरीय स्ट्रेचिङ भएको लेगिन्सको प्रयोगले कम्फर्टेबल फिल गराउँछ।

लेगिन्स प्रयोग गर्दा भित्री पहिरनमा धेरै नै ध्यान दिनुपर्ने हुन्छ। लेगिन्सको साथमा कहिल्यै पनि टाइट भित्री वस्त्र प्रयोग गर्नु हुँदैन। यसले भित्री पहिरनको लाइन प्रस्टसँग देखिन सक्छ। त्यसैले लेगिन्सका साथ सिमलेस भित्री वस्त्र प्रयोग गर्नु राम्रो हुन्छ।

चिसोमा लेगिन्सलाई स्टाइलिस लुक्स दिन एंकल बुट लगाउनु उपयुक्त हुन्छ। त्यसो त फुल बुट पनि लेगिन्सका साथमा निकै फेसनेबल देखिन्छ।

बुट्टेदार लेगिन्स पनि अहिले निकै चल्तीमा छ। टप्स तथा अन्य पहिरनअनुसार यस्तो लेगिन्स प्रयोग गर्दा स्टाइलिस देखिन्छ। लेगिन्स प्रयोग गर्दा बजारमा पाइने फेब्रिकमा नै सीमित नरही लेदर तथा नियोनका फेब्रिक प्रयोग गरिएको लेगिन्स पनि छनोट गर्न सकिन्छ।

लेगिन्सका साथमा कहिल्यै पनि छोटो टप्स लगाउनु हुँदैन। यसले तपाईंको लुक्सलाई बिगार्न सक्छ। लेगिन्सको साथमा लङ टप्स लगाउनुपर्छ। जुन पहिरन मिड थाईसम्म आउने लामो हुनु जरुरी छ।
– सचिना श्रेष्ठ

SUBSCRIBE 👉