तेरिया मगरले जितिन ‘झलक दिखला जा’को उपाधि


रुद्रपुर रुपन्देही निवासी टेरिया मगरले भारतीय कलर्स टेलिभिजनबाट प्रशारण हुने डान्स रियालिटी सो ‘झलक दिखला जा सिजन नौ’ को उपाधि जितेकी छन्। सो को अन्तिम चरणमा सलमान युसुफ र सन्तनु महेस्वरीले टेरियालाई कडा टक्कर दिएका थिए।

विजेताको रुपमा उनको नाम शनिबार कलर्स टेलिभिजनबाट सार्वजनिक हुनेछ। तर, शुक्रबार अपरान्ह नै एसएमएस भोटको नतिजा निस्केको र आयोजकले उपाधि जीतेको औपचारिक जानकारी आफुलाई गराएको मुम्बईमा रहेकी तेरियाले आफ्नो हजुरबुबा कृष्ण फौजामगरलाई फोनमार्फत जानाकारी दिएकी हुन्।

सो को फाइनलमा नृत्य र भोटिङको आधारमा विजेता छानिएको थियो। उनले सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन्। टेरियाले यस अघि ‘डान्स इन्डिया डान्स’ को उपाधि समेत हात पारेकी थिइन्। टेरिया मगरलाई ग्ल्यामर नेपाल परिवारको तर्फ बाट धेरै धेरै बधाई तथा शुभकामना।

SUBSCRIBE 👉