बालमैत्री ‘ठूलो मान्छे’ आउँदै


ग्ल्यामर नेपाल, काठमाडौं । देशभर बाल प्रेमकथाको फिल्म ‘नाइ नभन्नु ल २’ले उत्कृष्ठ व्यापार गरिरहेको बेला बालबालिकासँग सम्बन्धित भिन्न किसिमको फिल्म प्रदर्शनमा आउने भएको छ । शैक्षिक विसंगतिका विरुद्ध ज्वलन्त आवाज उठाएको फिल्म ‘ठूलो मान्छे’ आगामी जेठ २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ।

thulo-manchhe

Nepali Movie ‘Thulo Manchhe” Press Meet

प्रदीप मिडिया प्रा.लि.को व्यानरमा प्रदिप खड्का प्रस्तुतकर्ता रहेको फिल्मले गत सोमबार आफ्नो ट्रेलर र दुई गीत सञ्चारकर्मीमाझ सार्वजनिक गरेको छ । फिल्मका निर्देशक प्रशान्त तामाङका अनुसार फिल्मले वर्तमान नेपालको शिक्षण प्रणालीलाई व्यंग्य गर्दै विद्यार्थीलाई राम्रो वातावरणमा पढाउन सकिएमा भविष्यमा ऊ पनि ठूलो मान्छे बन्न सक्छ भन्ने सन्देश बोकेको छ । ‘अभिभावकको डर, शिक्षकको व्यवहार र विद्यालयको वातावरणले पनि विद्यार्थीको पढाईमा प्रभाव पार्ने गरेको छ,’निर्देशक तामाङले भने,‘यही विषयलाई मध्यनजर गर्दै हामीले बाल मनोविज्ञानलाई प्रमुख विषय बनाएर फिल्म निर्माण गरेका हौं।’

प्रमोद सुब्बा निर्माता रहेको फिल्ममा नायिका केकी अधिकारीले प्रमुख भूमिकामा अभिनय गरेकी छन् भने कुशल, रोमन, उज्जवल, आशिष, विवेक, अविरल, प्रेम र सुष्माले पनि अभिनय गरेका छन् । मित्रदेव गुरुङको सम्पादन, नवराज बस्नेत र मनिषा पोखरेलको गायन, गोपाल दाहाल, सन्दिप प्रधान र जीवन भट्टराईको गीत, बसन्त राई, सुष्मा राई, प्रेम जिमी र रविन धामीको नृत्य, प्रशान्तकै कथा, पटकथा रहेको फिल्ममा सन्दिप श्रेष्ठ, सन्तोषकुमार कार्की र निरज श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉