रघुनाथको भिडियोमा जसन र शर्मिलाको रोमान्स


ग्ल्यामर नेपाल, काठमाडौं । विगत १० वर्ष देखि रेडियोमा कार्यरत रहँदै हाल सेलिब्रेटी नेपाल डटकम नामक मनोरञ्जनात्मक अनलाइन पोर्टल सञ्चालन गरिरहेका सञ्चारकर्मी तथा रंग पत्रकार रघुनाथ सापकोटाले पनि म्युजिक भिडियो निर्देशनको यात्रा शुरु गरेका छन्।

music-video-1उनले ‘मायाले बोलाऊछ’ एल्बममा रहेको गीतकार रविन्द्र आशिष ‘शैली’ का शब्द, विनोद पछाईको संगीत र गायक दिपक लिम्बुको स्वरले सजिएको ‘मेरो मनको आागनमा’बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन् । भिडियोको छायांकन पोखरामा गरिएको छ। जसन नायक र शर्मिला दाहालको अभिनय रहेको भिडियोका छाायाकार जितेन्द्र न्यौपाने हुन् । हाल सम्पादनको चरणमा रहेको भिडियो प्रज्वलित पराजुलीले सम्पादन गरिरहेका छन्। पराजुलीसाग ३ सय भन्दा बढी भिडियो तथा २ दर्जन फिल्मको सम्पादन अनुभव छ।

music-video-2रोमान्टिक फ्लेबरको प्रेमयुक्त गीतमा दुवै मोडलले राम्रो अभिनय गरेको निर्देशक रघुनाथ सापकोटाले बताए। भिडियोमा पोखराका विभिन्न रमणीय स्थानको कैद गरिएको छ।

रंग पत्रकार सुब्रत आचार्यले म्युजिक भिडियोहरु निर्देशन गर्दै हाल चलचित्र “अदध कट्टी” निर्देशन गरिरहेका छन् भने अर्का रंग पत्रकार बिदुर खतिवडा पनि हाल म्युजिक भिडियो निर्देशनमा अगाडी बढिरहेका छन्।

SUBSCRIBE 👉