गायिका बन्ने तयारीमा मोडल मिनु शाही ठकुरी


सुर्खेतमा जन्मिए पनि बाल्यकालदेखि नै काठमाडौंमा हुर्किएकी मिनु शाही ठकुरी संगीतकी विद्यार्थी हुन्। ललितकला कलेजमा संगीत अध्ययन गरेकी मिनुले संगीतकार न्ह्यू बज्राचार्य सँग क्लासिकल म्युजिक सिकेकी छिन्। विक्रम थापाको शब्द तथा संगीतमा पहिलो गीत रेकर्ड गरेपछि उनी औपचारिक रूपमा गायिका बन्नेछिन्। ‘हाई स्केलका गीत गाउन रुचाउँछु,’ ५ फिट ५ इन्च अग्ली मिनु भन्छिन् – ‘नेपालमा हाई स्केलमा गीत गाउने गायिकाको संख्या कम छ भन्ने सुनेकी छु, म त्यो अभाव केही हदसम्म पूरा गर्न चाहन्छु।’

गायनमा करियर बनाउने निर्णय गरे पनि मिनुले मोडलिङलाई सौखका रूपमा लिएकी छिन्। विगतमा केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी मिनु आफूले गाउने सबै गीतका भिडियोमा आफैंले अभिनय गर्ने गर्ने योजना बनाएकी छिन्।

मिनु को आकर्षक फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

गायिका अरुणा लामाको गायनबाट प्रभावित मिनु फुर्सदमा पुराना गीत सुन्न रुचाउँछिन्। लङ गाउन तथा कुर्ता–सलवार मिनुलाई मन पर्ने पहिरन हुन्। प्रेम तथा विवाहका बारेमा कुनै योजना नबनाएकी मिनु आफ्नी आमालाई सबैभन्दा मिल्ने साथी मान्छिन्। ‘आमाले जो सँग विवाह गर भन्नुहुन्छ, उसै सँग विवाह गर्ने मेरो योजना छ,’ मिनु भन्छिन् – ‘समय आधुनिक भए पनि हामीले बुवा–आमालाई सम्मान गर्नुपर्छ।’

SUBSCRIBE 👉