श्रोतामाझ गायक दीपक लिम्बूको नयाँ एल्बम ‘श्रेय’


‘म तपाईँहरुमाझ श्रेय लिएर आएको छु’ आफ्नो एल्बम ‘श्रेय’ सार्वजनिक कार्यक्रममा लोकप्रिय गायक दीपक लिम्बूले भने, ‘यहाँहरुले सदाझैं माया गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु।’ ‘प्रथम नेपाली तारा’समेत रहेका दीपकको ‘श्रेय’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

आधुनिक तथा पाश्र्वगायनमार्फत चर्चामा रहेका दीपकको ‘श्रेय’ पाँचौ सोलो एल्बम ह। आफ्नो पाँचौं एल्बमलाई उनले भिन्न तरिकाले सार्वजनिक गर। पत्रकारहरुलाई खादा ओढाएर सम्मान गर्दै ‘श्रेय’ को गायक दीपक र एल्बमको गीतकार तथा संगीकार उत्तमजंग लिम्बूले आफैले लोकार्पण गरेका थि। पत्रकारबाहेक अरु कोही अतिथि बोलाइएको थिएन।

एल्बम ‘श्रेय’ को सार्वजनिकपछि दीपकले एउटा गीत गाएर पनि सुनाए । बागबजारको सिटी स्क्वारस्थित किरात फोनिक्स क्याफेमा आयोजित कार्यक्रममा दीपकले एल्बममा समावेश ‘किन जाली माया’ बोलको गीतलाई गाएर सुनाएका थिए ।

एल्बम ‘श्रेय’ मा गायक समेत रहेका उत्तमजंगको एकल शब्द तथा संगीतर रहेको छ। युवापुस्तामाझ लोकप्रिय रहेको गायक दीपकको एल्बममा एकल शब्द तथा संगीत गर्न पाउँदा खुसी लागेको उत्तमजंगले बताए। उनले भने, ‘म संगीत र गीत लेखनमा त्यति अनुभवी त होइन तर दीपकजस्ता गायकको एल्बम गर्न पाउँदा एकदमै खुसी लागेको छ।’

एल्बममा किन जाली माया, के सम्झ्यौ, घुम्टो उघारी तिम्रो, हाम्रो चिनजान र म रंग हुँ बोलका पाँच गीत रहेका छन्। ती गीतमध्ये ‘म रंग हुँ’ गीतलाई केही समयअघि नै भिडियोमा रिलिज गरिएको थियो। अन्य गीतको पनि चाँडै भिडियो ल्याउने गायक दीपकले बताए।

SUBSCRIBE 👉