नायक अब गायक पनि ! आफ्नै बुबाको फिल्मको गीत गाउँदै सलोन बस्नेत


नयाँ चलचित्र ‘बाबुकान्छाका लागि नायक सलोन बस्नेतले गीत गाएका छ्न। आफ्नै बुवा शोभित बस्नेतले निर्माण तथा निर्देशन गर्न लागेको ‘बाबु कान्छाका लागि उनले ‘चन्द्रमाझै राम्री छौ’ बोलको गीत हालै रेकर्ड गराएका हुन्। गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन।

यो गीत शोभित कै चलचित्र ‘कर्णवीर’मा समावेश पुरानो गीतको रिमिक्स भर्सन हो । गायक तथा संगीतकार ओम सुनारले यो गीतलाई रिमेक गरेका हुन। यो गीतको ओरिजिलन भर्सनमा स्वर / सँगीत लक्ष्मण शेषको छ। २०७३ को बर्षान्तमा यो चलचित्र फ्लोरमा जाने बताईएको छ तर सलोन बाहेक अन्य कलाकार फाईनल भएका छैनन्।

SUBSCRIBE 👉