काठमाडौंमा झुल्किए अक्षयकुमार


Bollywood Actor Akshya Kumar

Bollywood Actor Akshya Kumar

ग्ल्यामर नेपाल, काठमाडौं । बलिउडका चर्चित स्टण्टम्यान नायक अक्षय कुमार एक नाम नखुलाइएको फिल्मको सुटिङ गर्नका लागि काठमाडौं आइपुगेका छन्। राजधानीमा रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ४ बजे आइपुगेका नायकको तस्वीर उनका फ्यानले खिचेका थिए। स्रोतका अनुसार फिल्मका लागि नायिका तपसी पन्नु दुई दिन अघि नै नेपाल आइसकेकी छन्। निरज पाण्डेले निर्देशन गर्न लागेको फिल्ममा अक्षयले तपसीसँग रोमान्स गर्ने जनाइएको छ। उनी कुन होटलमा बस्ने हो भन्ने केही कुरा पनि खुलाइएको छैन। एक्सन र कमेडी दुवैमा अब्बल अक्षयका नेपालमा धेरै फ्यान रहेका छन्।

Bollywood Actor Akshya Kumar in Kathmandu, Nepal

Bollywood Actor Akshya Kumar in Kathmandu, Nepal

भारतीय पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करण अनुसार फिल्म नेपाल र इस्तानबुलमा सुटिङ गरिनेछ। अक्षयले यसअघि निरजद्वारा निर्देशित फिल्म ‘स्पेसल २६’ मा अभिनय गरेका थिए। जसले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो। समाचार अनुसार नेपालमा छायांकन हुने फिल्म पनि एक्सन थ्रिलरको हुनेछ। नेपालमा फिल्म सुटिङका लागि होस् या फुर्सदको समयमा घुमघामका लागि समय – समयमा बलिउडका कलाकारहरु आउने गर्छन्।

SUBSCRIBE 👉