यी हुन् ‘झ्यानाकुटि’ फिल्म कि नायिका – सुमी मोक्तान

अभिनेत्री निशा अधिकारीले निर्माण गर्दै गरेको चलचित्र ‘झ्यानाकुटी’ मा सुमी मोक्तान अभिनेत्रीका रूपमा काम गरिरहेकी छिन्। यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन्।


सुमी मोक्तान स्थापित मोडल हुन्। सन् २०१२ मा सम्पन्न भएको मिस तामाङ प्रतियोगितामा विजयी भएपछि उनको करियरले गति लिएको हो। मोडलिङमा सक्रिय रहेकी सुमी अब भने चलचित्रमा डेब्यु गर्दैछिन्। अभिनेत्री निशा अधिकारीले निर्माण गर्दै गरेको चलचित्र ‘झ्यानाकुटी’ मा सुमी अभिनेत्रीका रूपमा काम गरिरहेकी छिन्। सिमोस सुनुवारले निर्देशन गर्दै गरेको यो चलचित्रमा आफू प्रभावकारी भूमिकामा प्रस्तुत हुने बताउँछिन् उनि। नृत्यमा पारंगत सुमी अभिनयमा कत्तिको जम्ने हुन्? चलचित्र रिलिज पछि नै थाहा हुनेछ।।

SUBSCRIBE 👉