छविराज क्याम्पमा साम्राज्ञी ! शिल्पा पोखरेलको ‘मंगलम’ लाई उकास्ला त साम्राज्ञीको क्रेजले ?


साम्राज्ञी राज्य लक्ष्मी अभिनित रिलिज भएको फिल्म एउटै मात्र हो, ड्रिम्स, अनि अर्को फिल्म ‘ए मेरो हजुर २’ रिलिजको तयारीमा छ। तर, चर्चा चाहिँ दर्जनौ फिल्म खेलेकी हिरोइनको भन्दा कम छैन। चाहे लभ अफेयर को बिषय होस् वा पारिश्रमिकको बिषय, अनि नयाँ फिल्मका कारण किन नहोस्, साम्राज्ञी जहिल्यै ‘लाइमलाइट’मा हुन्छिन्।

यतिबेला उनी छविराज ओझाको क्याम्पमा छिरेको चर्चाले फिल्म बजार तातेको छ। किनभने, छविको नयाँ फिल्म ‘मंगलम’मा साम्राज्ञीको प्रवेश सायद कसैले पनि सोचेका थिएन होला, तर, भइदियो त्यस्तै।

साम्राज्ञीले अभिनय गरेको यो फिल्मको हाल धमाधम सम्पादन भइरहेको छ। यद्यपि, ‘मंगलम’ले उनलाई ‘ब्याकफायर’ गर्ने दाबीकर्ताहरु पनि नभएका होइनन्। किनकी यो फिल्ममा साम्राज्ञीको भूमिका सहायक मात्र हो, लिड रोलमा त छविकी प्रिय शिल्पा पोखरेल छिन्। त्यसैले साम्राज्ञी ‘सो पिस’ मात्र हुने त होइन ? शंका त का त सबैलाई लागेकै छ।

यो फिल्मले सम्राज्ञीलाइ ‘ब्याकफायर’ गर्ला कि नगर्ला ? तपाईको विचारमा के होला ? – तलको कमेन्ट बक्समा लेख्नुहोस्।

SUBSCRIBE 👉