राजधानीमा ‘रामकृष्ण ढकाल एकल साँझ’ आयोजना हुने


सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको एकल साँझ आगामी चैत १८ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने भएको छ। विन्ध्यवासिनी म्यूजिकको आयोजनामा हुन गइरहेको ‘रामकृष्ण ढकाल एकल साँझ २०७३’ ले सामाजिक क्रियाकलापमा सक्रिय हुँदै आएको संस्था विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ हुने भएको हो।

Singer: Ram Krishna Dhakal

आधुनिक गायनका लोकप्रिय गायक ढकालको प्रस्तुतिलाई ब्याक अफ ब्याण्ड ‘द भ्वाइस’ का दश बाध्यवादक सदस्यहरुले साथ दिनेछन्। ढकालले आफ्ना सर्वाधिक चर्चित २० गीतहरु एकल साँझमा प्रस्तुत गर्नेछन्। ढकाललाई अग्रज गायिका देविका बन्दना र युवापुस्तका चर्चित गायिका जुना प्रसाइँ र प्रविशा अधिकारीले गायनमा साथ दिनेछन्।

आयोजक संस्था विन्ध्यवासिनी म्यूजिकले ‘रामकृष्ण ढकाल एकल साँझ’को अवसरमा गाइएका गीतहरुबाट स्रष्टाको सिर्जना प्रयोग गरेवापतको रोयल्टी समेत प्रदान गर्ने बताएको छ। आयोजक संस्थाका अध्यक्ष सुवास रेग्मीले भने – ‘एकल साँझको खर्च कटाएर आएको मुनाफाबाट विन्ध्यवासिनी फाउन्डेशनलाई सहयोग गर्ने र स्रष्टाको सिर्जना प्रयोग गरेवापत संगीत रोयल्टी संकलन समाजको नियमअनुसार रोयल्टी प्रदान गर्ने छौ।’ त्यसैगरी फाउन्डेशनका सचिव परमानन्द खनालले रामकृष्ण ढकाल एकल साँझलाई सबैतिरबाट साथ र सहयोग जारी रहेको र यसलाई सकारात्मक रुपमाबाट सफल बनाउन सबैक्षेत्रबाट सहयोग मिल्नेमा विश्वास लिएको बताए।

SUBSCRIBE 👉