दर्शकहरुको मन जित्न सफल फिल्म “वीर बिक्रम” को दोस्रो सिक्वेल निर्माण हुने


दर्शकहरुको मन जित्न सफल फिल्म “वीर बिक्रम” सिक्वेल निर्माण हुने भएको छ। फिल्मका निर्देशक मिलन चाम्सले सिक्वेल निर्माण गर्ने स्पस्ट पारेका हुन्। उनले आफ्नो फेसबुक वालमा ‘वीर विक्रम’लाई सिनेमा भवनसम्म पुगेर तथा यु ट्युवमा हेर्नुहुने सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिदै एस्को सिक्वेल निर्माण गर्ने पक्का भएको जानकारी दिएका हुन्। उनले फेसबुकमा कथा (स्क्रिप्ट) राइटर यम थापा सँग सम्झौता रकम चेक हस्तान्तरण गरेको तस्विर समेत पोस्ट गरेका छन्।

बुझिएअनुसार, यो फिल्ममा मुख्य नायिकामा प्रियंका कार्की पक्का भईसकेकी छिन् भने अन्य मुख्य कलाकारहरु पुरानै दोहरिने सम्भावना छ। मुख्य अभिनेता को रहने भन्ने तय भएको छैन। दयाहाङ राई नै मुख्य भूमिकामा दोहोरिने सम्भावना रहेको छ। तर अन्य कलाकार को को रहने फाइनल भईसकेको छैन। आघिल्लो भागमा दिया पुन दयाहांग राई, अर्पण थापा र अनुप विक्रम शाही मुख्य भूमिकामा थिए। यो सिक्वेल आगामी मङ्सिर महिनाबाट फ्लोरमा जाने तयारीमा रहेको छ।

चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म “वीर बिक्रम” भदौ महिनामा रिलिज भएको थियो। स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दर्शकहरुको मन जित्न सफल यो फिल्म हालै यु ट्युवमा समेत रिलिज भएको छ। यु ट्युवमा पनि दर्शकहरुको औधी माया पाएको छ। यो फिल्म यु ट्युव रिलिज गरिएको २ हप्तामा मा नै २४ लाख भन्दा बढी पटक हेरिएको छ भने एक साता सम्म भिडियो ट्रेन्डमा नम्बर १ स्थानमा थियो।

सुपरहिट फिल्म “वीर विक्रम” यहाँ हेर्न सक्नु हुन्छ।

https://tv.glamournepal.com/nepali-movie-bir-bikram-released-tube

SUBSCRIBE 👉