नीशालाइ देखेर गौरवको मन ‘कुटु कुटु’ ! फिल्म ‘कुम्भ करण’को भिडियो गीत रिलिज


चलचित्र ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको गीतको भिडियो सार्वजनिक गरिएको छ। यो गीतमा चलचित्रका मुख्य कलाकारले दोहोरी खेलेको देखाइएको छ। भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापाको यो चलचित्रमा मुख्य भूमिका छ।

‘कुम्भ करण’को भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://tv.glamournepal.com/kumva-karan-song-kutu-kutu-feat-nisha-adhikari-gaurav-pahari

गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। नेपाली चलचित्रमा यस्ता खालका गीत संगीत हराउँदै गएको समयमा प्यूठानमा छायांकन गरिएको चलचित्र ‘कुम्भ करण’ले पनि लोकदोहोरी समावेश गरेको छ। ‘कुटु कुटु’ बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ। गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत छ।

दीपक वलीले चलचित्रको निर्देशन गरेका हुन्। क्षितिज बस्नेत निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रोम ओली हुन्। आकाश पलको प्रस्तुतीमा तयार भएको यो चलचित्रले एउटा प्राथमिक विद्यालयमा काम गर्ने कर्मचारी र शिक्षिकाविचको लभ चक्करलाई रमाइलो तरिकाले देखाएको छ। चलचित्रमा अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन, हरि लामाको छायांकन, महेश दवाडीको कथा, पटकथा तथा संवाद छ। चलचित्रको प्रदर्शन मिति तय भईसकेको छैन।

SUBSCRIBE 👉