‘देश खोज्दै जाँदा’को मार्मिक गीत: छातीमा लागेको माटो…


भुटानी शरणार्थीको कथामा बनेको फिल्म ‘देश खोज्दै जाँदा’को गीत रिलिज भएको छ। नयाँ वर्ष २०७४ को अवसर पारेर शनिवार फिल्म युनिटले युट्युबमार्फत ‘छातीमा लागेको माटो त’ बोलको गीत सार्वजनिक गरेको हो।

भिडियोमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन व्यक्त देखाउन खोजिएको छ । भिडियोमा कलाकारहरु हेमन्त बुढाथोकी, बाबु बोगटी लगायतलाई देख्न सकिन्छ। गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ। स्वरुपराज आचार्यले गीतमा स्वर दिएका छन्।

यो फिल्मको कथा र निर्देशन साहित्यकार समेत रहेका प्रकाश आङदेम्बेले गरेका हुन्। कवि उपेन्द्र सुब्बाले पटकथा तयार पारेका हुन्। सामतेन भुटियाले प्रकाशलाई निर्देशनमा सहयोग गरेका छन्।

छातीमा लागेको माटो… भिडियो यहाँ हेर्नुहोस्

https://tv.glamournepal.com/desh-khojdai-jada-heart-touching-song-chaati-ma-lageko

SUBSCRIBE 👉