रातो घरमा पस्ने मिति जेठ १९ गते


सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘रातो घर’ ले नेपाल रिलिज मिति तय गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर र गीत देखाउदै फिल्म निर्माण युनिटले यो फिल्म जेठ १९ गतेबाट अल नेपाल रिलिज हुने बताएको छ। यसअघि यो फिल्म अमेरिका, बेलायत र अस्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शन भईसकेको छ।

माङ हिम फिल्मस् र तक्मे बुढा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको ‘रातो घर’ मा विल्सन विक्रम राई झापाली झिल्के, मेनुका प्रधान फ्लप बार डान्सर, संयम पुरी स्ट्रगलिंग डन, गौरव पहारी रिचार्ज कार्ड चोर, अनुराग कुँवर झापाली डन, विकेश श्रेष्ठ लुगा चोर, जितेन तामाङ भगौडा पुलिस, भानु प्रताप अघोरी डन, उपासना नेम्वांग स्ट्रगलिंग डनको श्रीमती र माला लिम्बु आइटम डान्सरको रुपमा देखिएका छन। निकेश लिम्बु प्रस्तुतकर्ता रहेको फिल्ममा सुरज सुब्बा र विल्सन विक्रमको संयुक्त लगानी छ।

कार्यक्रममा कलाकार सुनिल थापाले ‘रातो घर’ निकै राम्रो फिल्म बनेको दाबी गरे। आफुले यो फिल्म हेरिसकेको खुलाउँदै उनले विशेष गरी कलाकारद्वाय विल्सन बिक्रम र अनुरागको अभिनयको तारिफ गरे।

SUBSCRIBE 👉