अश्लीलताको आरोपमा पुनम पाण्डे पक्राउ


poonam-pandey
सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डे पक्राउ परेकी छि। मुम्बईको मिरा रोडमा शुक्रबार राती अबेरसम्म अश्लील हर्कत गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ। प्रहरीले चेतावनी दि“दै केहीबेरपछि उनलाई हिरासत मुक्त गरेको थियो। ‘नशा’ नायिका पुनमलाई यसअघि पनि प्रहरीले सार्वजनिक स्थानमा अश्लील गतिविधि नगर्न पटक–पटक चेतावनी दिएको थियो।

पुनम पहिलो पटक सन् २०११ मा विश्वकप क्रिकेटमा भारतले जिते सडकमा नांगै दौड्ने घोषणा गरेर चर्चामा आएकी थिइन्। तर भारतले हारेको कारण उनले नांगै दौड्नु परेन। तैपनी त्यसपछि पनि उनी विभिन्न हर्कत गरेर बारम्बार विवादमा आउने गर्छिन। खासगरी सामाजिक सञ्जालमा उत्तेजक तस्बिर पोष्ट गरेर चर्चा बटुल्न उनी माहिर मानिन्छिन्।

SUBSCRIBE 👉