सुवासको मन रुँदा निरिशाले के गरिन् ? – म्युजिक भिडियो


गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ। काठमान्डौमा एक कार्यक्रमको आयोजना गरि एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको हो।

बलिउडमा समेत ख्याति कमाउन सफल गायक उप्रेतीको सार्वजनिक गीतलाई सागर राजको निर्देशनमा तयार पारिएको छ। जहाँ मायालु जोडीको सिम्पल लभलाई देखाइएको छ। भिडियोमा मोडल निरिशा बस्नेत र गायक उप्रेती आफै फिचारिङ भएका छन्। सागर राजले निर्देशन गरेका म्युजीक भिडीयोहरु ’ पानी पर्यो , चुम्बक लगायतका गीतहरु चर्चित छन्।

नेदरल्याण्डको ब्रदर युनाइटेडले निर्माण गरेको यो गीत सुवासको पहिलो नेपाली गीत हो। सुवासले बलिउडमा ६ सय भन्दा बढी गीत रेकर्ड गर्नुका साथै २०० भन्दा बढी ठुला स्टेज कार्यक्रमहरुमा आफ्नो प्रतुती दीइसकेका छन्।

SUBSCRIBE 👉