सुरज सुब्बाको ‘रातो घर’ ट्रेलरमा हेर्नुस् विल्सनको दमदार प्रस्तुति


विल्सन विक्रम राई अभिनित फिल्म ‘रातो घर’ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिदै तेस्रो ट्रेलर रिलिज गरेको छ। रिलिज भएको ट्रेलरमा विल्सनको दमदार प्रस्तुती हेर्न सकिन्छ। बाटो मुनिको फुल, सायद, बितेका पल जस्ता सुपर हिट एपली फिल्मका निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यो फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ।

सुरज सुब्बा निर्देशित फिल्म ‘रातो घर’को ट्रेलरमा हेर्नुस् विल्सनको दमदार प्रस्तुति

Wilson Bikram Rai – Raato Ghar Trailer

मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको ‘रातो घर’ का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन्। महेश खड्काको शब्द तथा संगीत रहेको ‘रातो घर’लाई हरि घले लामाले खिचेका हुन्। फिल्मले ‘कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ। यो फिल्म जेष्ठ १९ गते अल नेपाल रिलिज हुँदै छ।

SUBSCRIBE 👉