हिरोईनको बर्थडे मनाउदै फिल्मको गीत रिलिज – भिडियो


सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ को एक भिडियो गीत रिलिज भएको छ। निर्देशक थापा कै शब्दमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेको ”भन्छु आज मनका कुरा…” बोलको गीतमा सुगम पोख्रेल र अन्जु पन्तको सुमधुर अवाज सुन्न सकिन्छ। फिल्मकि नायिका पुजा शर्माको जन्मदिनको अवसर पारेर राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गर्दै यो गीतको भिडियो रिलिज गरिएको हो।

पूजा र पलका संगै यो फिल्ममा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको अभिनय छ। निर्देशक र नायिकाको लगानीमा निर्माण भएको यो फिल्म असार ३० गतेबाट अलनेपाल रिलिज हुँदैछ।

भन्छु आज मनको कुरा… गीतको भिडियो यहाँ हेर्न सकिन्छ

https://tv.glamournepal.com/ma-yesto-geet-gaauchu-song-bhanchhu-aajha-paul-shah-puja-sharma

२०७२ मा रिलिज भएको सुपरहिट फिल्म ‘प्रेमगीत’ को शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ बाट सापटी लिएर निर्माण गरिएको हो। ‘प्रेमगीत’ मा नायिका पूजा शर्माको जोडी प्रदीप खड्कासँग बाँधिएको थियो। ‘प्रेमगीत’ लाई निर्देशक सुदर्शन थापाले नै निर्देशन गरेका थिए।

SUBSCRIBE 👉