मुखौटाको संगीत सार्वजनिक


nepali-movie-mukhautaग्ल्यामर नेपाल, काठमाडौं। आगामी जेठ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुखौटा’को गीतसंगीत सार्वजनिक भएको छ। राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा फिल्मका कलाकार तथा संगीतकारले संयुक्त रुपमा एल्बम सार्वजनिक गरेका हुन्। रिफ इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा रविन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक अर्पण थापा हुन्।

कालीप्रसाद बास्कोटा, कल्याण सिंह र सन्नी सुनामको संगीत रहेको एल्बममा ‘के राजा के रैती’, ‘चाहेर पनि’, ‘बेहाल हुन्छ मन’ र ‘मुखौटा’ बोलको गीत रहेका छन्। जसमा सनुप पौडेल, पुनम गुरुङ, प्रतिमा सुनाम, इन्दिरा जोशी र रविन श्रेष्ठले स्वर दिएका छन्।

गीतमा भुपेन्द्र खड्का र सन्नी सुनामको शब्द रहेको छ। एल्बम प्रस्तुतकर्ता रविन, निर्देशक अर्पण, नायक सौगात मल्ल, दयाहाङ राई, नायिकाद्वय हर्षिका श्रेष्ठ, निशा अधिकारी, कोरियोग्राफर रेनेशा वान्तवा राई, गीतकार खड्का, संगीतकार बास्कोटा, सिंहलगायतले सार्वजनिक गरेका थिए। निर्देशक थापाले फिल्मले ग्याङस्टारको कथालाई प्रस्तुत गर्ने जानकारी दिए।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉