फेसबुकमा हिट – दबंग गर्ल सोनाक्षी


sonakshi
बलिउडकी दबंग गर्ल सोनाक्षी सिन्हा आजकल सामाजिक सञ्जाल फेसबुकमा निकै छाइरहेकी छन्। उनलाई फेसबुकमा मनपराउनेको संख्या एक करोड बढी पुगेको छ। सन् २०१० मा प्रदर्शन भएको फिल्म ‘दबंग’बाट आफ्नो करियर शुरु गरेकी सोनाक्षीका प्रशंसक तीनचार वर्षको अन्तरमा यति संख्यामा बढेका हुन्।

आफुलाई फेसबुकमा मनपराइदिएकोमा उनले फ्यानलाई धन्यवाद दिएकी छन्। उनले फेसबुकमा मनपराइनु आफ्ना लागि सुखद र ठूलो कुरा भएको बताएकी छन् । बलिउड नायक शत्रुघ्नसिंहाकी छोरी सोनाक्षी अभिनित फिल्म ‘होली डे’ र ‘तेवर’ प्रदर्शनको पखाईमा छन्।

SUBSCRIBE 👉