पुजाको जोडी को सँग सुहाउँछ, पल शाह की प्रदीप खड्का ?


नायिका पुजा शर्मा अभिनीत आधा दर्जन फिल्म प्रदर्शन भयो तर ‘प्रेमगीत’ रिलिज पश्चात मात्र उनी दर्शकमाझ ‘मार्क’ भइन। यो फिल्मले उनको फ्यान फलोइङ ह्वात्तै बढायो। खासगरी हिरो प्रदीप खड्कासँग उनको जोडी खुब जमेको चर्चा चल्यो, दर्शकहरुले पनि रुचाए। तर दुर्भाग्य ‘प्रेमगीत’को सिक्वेलमा पुजा अटाउन सकिनन्। निर्माता सन्तोष सेनले नव-नायिका अश्लेषा ठकुरीलाई प्रदीपसँग रोमान्स गर्ने मौका जुराइदिए।

तर पुजा पनि के कम ? उनले पनि आफैले फिल्म निर्माण घोषणा गरिन -‘म यस्तो गीत गाउँछु’। अनि म्युजिक भिडियोमा निकै रुचाइएकी पल शाहलाई ‘हिरो’ छानिन्। अहिले प्रेमगीत २ टिम र पुजा अनि निर्देशक सुदर्शन थापाको पानी बाराबारको स्थिती छ।

यतिबेला पुजा र पल अभिनीत फिल्मको गीत रिलिज भएको छ, ‘भन्छु आज मनका कुरा…’। माथिल्लो मुस्ताङ्ग सम्म पुगेर छायांकन गरिएको यो गीतमा पुजा र पल निकै आकर्षक देखिएका छन् र विभिन्न चर्चापरिचर्चा सुरु हुन थालेको छ।

युट्युब भिडियोमा देखिएको कमेन्ट केलाउँदा यो जोडीको तारिफ धेरैले गरेका छन्। उता, ‘प्रेमगीत २’ को केहि समय अघि रिलिज गरिएको गीतको भिडियोमा भने प्रदीपसँग अश्लेषाको केमेस्ट्री नसुहाएको प्रतिक्रिया पनि कम छैन।

तपाईलाई के लाग्छ ? पुजाको जोडी कोसँग सुहायो, पल शाह वा प्रदीप खड्का ? कृपया कमेन्ट बक्समा प्रतिक्रिया जनाउनु होला।

SUBSCRIBE 👉