भुपेन्द्रले ल्याए सांगीतिक एल्बम


ग्ल्यामर नेपाल, काठमाडौं। अमेरिका बस्दै आएका गीतकार भुपेन्द्र महतले ‘जिन्दगीले हिसाब माग्छ’ नामक दोस्रो एल्बम श्रोतामाझ ल्याएका छन्। एल्बमको वरिष्ठ गीतकार रत्नशमशेर थापा, संगीतकार दीपक जंगम, गायिका संगीता राना, गायक तथा संविधानविद भीमार्जुन आचार्यलगायतले विमोचन गरेका थिए।

एल्बममा ‘रात ढल्दै गयो’, ‘दुखेर कि दुखाउन’, ‘जिन्दगी यो हिसाब’, ‘एउटा मान्छे’ र ‘मुसुक्क हाँसी’ बोलका गीत छन्। गीतमा दीपक खरेल, दीपक लिम्बु, संगिता राना, निशा देशार, दीपेशकिशोर भट्टराई र अजर जंगमको स्वर रहेको छ । संगीतकार दीपक जंगमको एल्बममा सोलो संगीत छ । किरण कँडेलको संगीत संयोजन रहेको एल्बमलाई म्यानहटन म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । कार्यक्रममा गायिका निशाले एल्बमको गीत गाएकी थिईन्।

SUBSCRIBE 👉