‘डियर माया’मा मनिषा कोईरालाको भिन्न मायादेवी रुप


बलिउड फिल्मी नगरीमा कुनै समय चर्चित नायिका मनिषा कोइराला एक रोचक कथामा बनेको फिल्मबाट कमब्याक हुँदै छिन्। बलिउडका सुपरस्टारहरुसँग काम गरिसकेकी मनिषालाई क्यान्सर भएपछि उनी केही बर्ष फिल्मी ग्ल्यामर दुनियाँबाट टाढा रहिन्।

Actress Manisha Koirala

यतिबेला मनिषाको मुख्य भूमिका भएको फिल्म ‘डियर माया’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर रिलिज सँगै एकाएक उनको चर्चा पुन चुलिएको छ। सुनैना भट्नागरको निर्देशनमा बनेको फिल्म ‘डियर माया’ मा उनि भिन्न अवतारमा देखिएकी छिन्। ४६ वर्षीय यी अभिनेत्रीलाई फिल्मको यो ट्रेलरमा पाको महिलाको भूमिकामा देखाईएको छ।

ट्रेलर हेर्नुहोस्

Watch theTrailer of Manisha Koirala Starrer DEAR MAYA

यो फिल्ममा सिमलामा हुर्किएका २ किशोरी र एक्लै बस्ने मायादेवीको कथालाई उठान गरिएको छ। मायादेबीको भूमिकामा मनिषा कोईरलाले अभिनय गरेकी छिन्। मायादेवीलाई एक झुटो लभ लेटरले कसरी उनको जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने कथालाई यो फिल्मले खोतल्न खोजेको छ।

SUBSCRIBE 👉