चर्चामा ‘म यस्तो गीत गाउँछु’को गीत : ‘भन्छु आज मनका कुरा…’


पल शाह र पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज मनका कुरा… ’ बोलको गीत यु ट्युबमा रिलिज भएकै दिनबाट निकै चर्चामा छ। यो गीतको भिडियोलाई धेरै दर्शकहरुले रुचाएका छन् र सकारात्मक प्रतिक्रिया समेत आइरहेको छ। सुगम पोखरेल र अन्जु पन्तको आवाजमा समावेश यो गीतमा अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाको शब्द छ।

भिडियो हेर्नुहोस्

https://tv.glamournepal.com/ma-yesto-geet-gaauchu-song-bhanchhu-aajha-paul-shah-puja-sharma

कुनै पनि भिडियोको सफलता युटुबको भ्यूको आधारमा मापन गर्ने ट्रेन्ड चलिरहेको बेला सार्वजनिक भएको ५ दिनमा यो गीतको भिडियो १० लाख भन्दा बढी पटक हेरिएको छ। अहिले सम्म (यो खबर तयार पारिरहँदा) १६ हजार भन्दा बढी लाइक, २६ सय भन्दा बढी कमेन्ट यो भिडियोमा आएको छ। संजय लामाले खिचेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ।

गीतबाट पाएको सकारात्मक प्रतिक्रियाबाट हौशिएका निर्देशक तथा निर्माता सुदर्शन थापाले भने ‘हामीले सार्वजनिक गरेको चलचित्रको पहिलो गीतलाई नै दर्शकले यती धेरै रुचाइ दिनुभयो। अझ, यो भन्दा उत्कृष्ट गीत-संगीत हामी सार्वजनिक गर्दै जाने छौ, प्रतिक्षा गर्नु होला।’

यो चलचित्रमा पल र पूजा सँगै सरोज खनाल, रुपा राना लगायतका कलाकारको अभिनय छ। ‘म यस्तो गीत गाउँछु’ असार ३० गतेबाट देशभरका हलमा रिलिज हुँदै छ।

SUBSCRIBE 👉