साईकल चढेर आउँदैछन दिपेन्द्र के.खनालको ‘धनपति’


टुकी आर्ट्स प्रा.लिले दीपेन्द्र के. खनाल प्रोडक्सन सँगको सहकार्यमा निर्माण गरेको दोस्रो चलचित्र धनपतिको फस्ट लुक पोष्टर बाहिर ल्याएको छ। यस अघि सोहि ब्यानर बाट चलचित्र ‘पशुपति प्रसाद’ निर्माण भएको थियो। जुन चलचित्रले राम्रो व्यापार गरेको थियो भने समिक्षात्मक रुपमा पनि सफल मानिएको थियो।

खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भुमिका रहेको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। यो पटक दिपेन्द्रले नै फिल्मको छायाँकन समेत गरेका छन्। फिल्मको छायाँकन शुरु हुनै लाग्दा फिल्मकालागि अनुबन्ध गरिएका सिनेम्याटोग्राफर निरज कँडेलको दुर्घटनामा परि हात भाँचिएपछि दिपेन्द्रले नै फिल्मको छायाँकन गरेका हुन्।

यो फिल्ममा खगेन्द्र संगै सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय छ।

रोजिना सिटौला निर्माता, रजना नापित र समीर देवकोटा सह–निर्माता रहेको फिल्ममा सुर्य थोकरको द्वन्द्व निर्देशन, आधासुरको संगीत, दीर्घ खड्काको सम्पादन छ।

एसो भन्छन फिल्मक निर्देशक:
‘मेरो फिल्मी जीवनमा सबैभन्दा बढी दुःख गरेर बनाएको फिल्म धनपति हो। दर्शकले फिल्म हेर्दा रियल लोकेशनमा कसरी खिचे होलान्यो फिल्म भनेर आँखा ठूला ठूला बनाउनु हुनेछ।’

के भन्छन ? लेखक / कलाकार खगेन्द्र लामिछाने :
‘पशुपति प्रसाद हेरिसक्नु भएका दर्शकले मबाट अलि बढी अपेक्षा राख्नुलाई मैले स्वभाविक रुपमा लिन्छु। मलाई विश्वास छ दर्शकको त्यो अपेक्षालाई धनपतिलेपुरा गर्नेछ।’

फिल्मको कथा एस्तो छ :
राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपती द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको छ। गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उ सँग अन्य आयस्रोत छैन। इमान बेच्न नचाहने स्वाभिमानी छ। छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ।

फिल्मको मुख्य पात्र धनपति के शहरमा स्वाभिमानको जिन्दगी बाँच्न पाउला ? सक्ला ? वा के कस्ता बाध्यता आईपर्लान्? जवाफकालागि फिल्म प्रदर्शन मिति असार २३ (जुलाई ७) सम्म पर्खनु बाहेक अरु कुनै उपाए छैन।

SUBSCRIBE 👉