प्रेम, रोमान्स र बदला – हेर्नुहोस् मन्दिराको चरित्र चित्रण


एउटै घर भित्र खिचिएको सस्पेन्स थ्रीलर फिल्म हो – ‘मन्दिरा’ । नव–निर्देशक दीपेश सापकोटाले निर्देशन गरेको यो फिल्मको ट्रेलर रिलिज गरिएको छ। ट्रेलरमा एक उपन्यासकार र उनको कथा भित्रका पात्रहरुको शैलीलाई निकै सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ। रोमान्स, धोका, बदलाको कथाहरु पनि देखाइएको छ।

असार २ गतेबाट रिलिज हुन लागेको फिल्ममा नरेन खड्का, जे.वी.डी.सी, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदी, लक्ष्मी बस्नेतको साथमा नव –कलाकार बीनी पोख्रेली, विनिता ओलीको मुख्य भूमिका छ।

चलचित्रका निर्माता करुणा अर्याल र उज्ज्वल अर्याल हुन्। सन्तोष सेढाई सह–निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता हरि भट्ट हुन्। चलचित्रमा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायांकन, अजित लामिछानेको पटकथा तथा संवाद छ।

SUBSCRIBE 👉