‘धुम ३’ले बलिउड सिनेमा इतिहासमा नै धुम मचायो


dhoom--3-poster
आमिर खान स्टारर ‘धुम ३’ले बलिउडका सम्पूर्ण व्यावसायिक रेकर्ड तोडेको छ। गत डिसेम्बर २० मा रिलिज भएको यो चलचित्रले ५ सय १ करोड ग्रस गरेको निर्माण कम्पनी यशराजले जानकारी दिएको छ। यशराजका प्रवक्ताले रिलिजको १७ दिनमा भारतमा ३ सय ६१ करोड र विदेशमा १ सय ५० करोड व्यापार गरेको दाबी गरेका छन।

नयाँ–नयाँ रेकर्ड बनाइएको ‘धुम ३’को अहिले विभिन्न देशहरुमा माग बढेको छ। यो फिल्म छिट्टै जर्मनी, पेरु, रोमानिया, जापान र रुसमा रिलिज हुने यशराज कम्पनीले जनाएको छ। यी देशमा रिलिजपछि चलचित्रको कमाईको ग्राफ अझ उकालो लाग्ने पक्का छ। अहिले नै यो फिल्म बलिउड इतिहासकै सबैभन्दा सफल सावित भइसकेको छ। भारतमा मात्र करिब ४५ सय स्क्रिनमा यसले रिलिजको मौका पाएको थियो।

विजयकृष्ण आचार्य निर्देशित ‘धुम ३’मा आमिरसँगै अभिषेक वच्चन, कट्रिना कैफ, उदय चोपरा, जयकृश्राफलगाएतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा आमिरको दोहोरो भूमिका रहेको छ।

SUBSCRIBE 👉