रेनशाको ‘इन्टु मिन्टू लण्डनमा’ घोषणा । को हुन् सम्राज्ञीको नयाँ हिरो ?


युवापुस्ता माझ चर्चित नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने गरि नायाँ फिल्म घोषणा भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका विच फिल्म ‘इन्टु मिन्टू लण्डनमा’ को घोषणा गरिएको हो। यो फिल्ममा सम्राज्ञीको जोडी बनेर नयाँ हिरो देखिदै छन् – धिरज मगर। धिरजले यसै फिल्मबाट नेपाली फिल्मी नगरीको यात्रा शुरु गर्दै छन्। फिल्ममा सम्राज्ञी र धिरज संगै विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाइँ लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ।

दर्जनौ फिल्महरुमा कोरियोग्राफरको रुपमा काम गरिसकेकी रेनशा वान्तवा राईले हुन यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछिन्। रेनशाले आईकोर फिल्मसको व्यानरमा निर्माण भएको फिल्म ‘मेरो एउटा साथी छ’ मा नृत्य निर्देशन गरेकी थिइन् भने यसै ब्यानर बाट निर्माण हुन लागेको यो फिल्म बाट फिल्म निर्देशनको यात्रा शुरु गर्दैछिन।

दर्शकहरुले दिएको हौसला र मायाले आफुले पहिलो पटक फिल्म निर्देशनमा हात हालेको रेनशाले बताइन। साथै ‘इन्टु मिन्टु लण्डनमा’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको पनि बताइन। यो फिल्ममा राम्रो काम गरेर दर्शकको मन जित्ने आशा व्यक्त गरिन।

आईकोर फिल्मसको व्यानरमा निर्माण गरिने यो फिल्ममा प्रभु एसजेबी राना र प्रज्वल एसजेबी रानाले संयुक्त रुपमा लगानी गरेका छन्। सह-निर्माताको रुपमा सुलेखा राई, बसन्त तामाङ, सुस्मिता जिरेल रहेका छन्।

जुन १६ देखि अगष्ट ७ सम्म काठमाडौं र लण्डनमा छायाँकन गरिने यो फिल्ममा टिसुजिल कर्मचार्य, हर्कुलस बस्नेत र स्वप्न सुमनको संगीत रहनेछ।

को हुन् धिरज मगर ?
रोमान्टिक कथा वस्तुमा निर्माण हुन लागेको ‘इन्टु मिन्टू लण्डनमा’ मा साम्राज्ञीको जोडीको रुपमा धिरज मगर देखिँदैछन्। धिरज मगर पनि युवापुस्ता माझ चर्चित भिडियो ब्लगर हुन्। यु ट्युवमा उनलाई पछ्याउनेको संख्या लाख भन्दा बढी छन्, त्यस्तै ईन्स्टाग्राममा पनि उनलाई पछ्याउने प्रशस्तै छन्।

SUBSCRIBE 👉