आफ्नै बिहेमा किन आएनन कमले ? एक्लै परिन चमेली !


अनुपविक्रम शाही र सन्ध्या केसी अभिनित फिल्म ‘कमलेको बिहे’को फर्स्टलुक सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीमाझ फिल्मको पोस्टर, ट्रेलर र गीत रिलिज गरेको हो। नामले नै कमेडी लाग्ने फिल्ममा कमलेको भुमिकामा अनुपविक्रम शाही देखिएका छन् भने मोडल, भिजे तथा नव अभिनेत्री सन्ध्या केसी चमेलीको भुमिकामा छिन्।

कार्यक्रममा बोल्दै निर्देशन प्रसन्न पौड्यालले नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार रहेको बताए। पछिल्लो पुस्ताका युवा युवतीले आफु खुसी जीवनसाथी खोज्ने क्रम बढ्दो हुँदा परिवारबाट त्यसमा उत्पन्न हुने बाधा व्यवधानको प्रभावलाई फिल्मले उजागर गर्नेछ।

यसअघि फिल्म ‘ड्रिम्स’मा अतिथि भूमिकामा देखिएकी सन्ध्याले ’कमलेको बिहे’लाई डेब्यू फिल्म भनिन। ‘ड्रिम्स’मा म केमियो भुमिकामा थिएँ, यो फिल्म मेरो करियरको लागी डेब्यू हो सन्ध्याले थपिन।

कार्यक्रममा अभिनेता अनुप भने उपस्थित थियनन। कार्यक्रममा अनुप आउदैछन भनेर जानकारी गराए पनि कार्यक्रम को अन्तिम समय सम्म पनि उनि आइपुगेनन्। आफ्नै फिल्मको कार्यक्रममा फिल्मको मुख्य अभिनेता नै अनुपस्थित हुँदा फिल्मलाई कस्तो प्रभाव पर्ने हो, त्यो भने हेर्न बाँकि छ। आफ्नै फिल्मको कार्यक्रमलाई अनुपले किन वेवास्ता गरे ? फिल्मी वृत्तमा विभिन्न अड्कल काट्न शुरु भईसको छ। यो फिल्ममा अनुप विल्कुलै फरक गेटअपमा प्रस्तुत भएका छन्।

अनुभवी छायाँकार विदुर पाण्डेले यो फिल्म खिचेका हुन्। महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, दिपक पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र लिरण लाकौलको पनि अभिनय छ।

सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्ममा सरिता लामाको लगानी छ भने कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ छन्। लगानीमा प्रतिक तामाङ, सुनिल विष्ट र मिलन लामाले साझेदारी गरेका छन्।

राजनराज शिवाकोटी, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको फिल्मको गीतमा शिवाकोटीसँगै माण्डवी त्रिपाठी, युवराज चौलागाईं, समिर आचार्य र अरुणदेव यादवको स्वर छ।

फिल्ममा सम्राट वस्नेतको द्वन्द्व निर्देशन, दिपकमान सिंहको नृत्य निर्देशन छन्। तारा थापा ‘किम्भे’ फिल्मका सम्पादक हुन्। फिल्मको आधिकारिक रिलिज मिति तय नभएपनि निर्माण टिमले श्रावणमा रिलिज गर्ने बताएको छ।

यसैबीच फिल्म ‘कमलेको बिहे’मा समावेश ‘टाकन टुकुन’ बोलको गीत युट्युव रिलिज गरिएको छ। सार्वजनिक गीतमा माण्डवी त्रिपाठी र राजनराज शिवाकोटीको स्वर छ। शब्द र संगीत पनि शिवाकोटीकै छ।

‘टाकन टुकुन’ भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्।

SUBSCRIBE 👉