२ रुपैयाँ मा देखियो ‘दाह्री’ र ‘जुरेली’को अनुहार


जि टु वान प्रोडक्सन र ब्ल्याक हर्स ले निर्माण गरेको फिल्म “२ रुपैयाँ”को फस्ट लुक बाहिरिएको छ। फिल्मका दुई पात्र ‘दाह्री’ र ‘जुरेली’ को क्यारेक्टर पोस्टर फिल्को अफिसियल फेसबुक पेज मार्फत सार्बजनिक गरिएको हो।

सार्बजनिक क्यारेक्टर पोस्टरमा आशिफ शाह र निश्चरल बस्नेत क्रमश ‘दाह्री’ र ‘जुरेली’ को रुपमा देखिएका छन्। असिफ शाहको निर्देशनमा बनेको फिल्म ‘२ रुपैयाँ’ आगामी भाद्र २३ गते बाट रिलिज हुने जानकारी पनि दिइएको छ।

2 Rupee

यो फिल्ममा आशिफ र निश्चल सँगै बुद्धि तामाङ, रवीन्द्र झा, मेनुका प्रधान, राजन ईशान, टीका पहारी, प्रतीकराज न्यौपाने आदिको पनि प्रमुख भूमिका छ। अहिले यो फिल्मको धमाधम पोस्ट प्रडक्सनको काम भईरहेको छ।

SUBSCRIBE 👉