२२ औं संस्करणको मिस नेपाल २०१७ उपाधि दौडका १९ प्रतिस्पर्धीहरु


Miss Nepal 2017, Who will win the Crown ?

यतिखेर नेपाल राष्ट्र स्थानीय चुनावमय बनेको छ। स्थानीय चुनावको पहिलो चरणको मतदान कार्य सम्पन्न भएर स्थानीय सरकार नेतृत्व गर्नेहरुको चयन प्रक्रियाको परिणामा प्रायः सबै नेपालीको चासो र उत्सुकता बनेको छ। संभवतः यही कारणले पनि केही हदसम्म छायाँमा परेको देखिन्छ, अर्को एउटा चुनाव प्रक्रिया। त्यो हो २२ औं संस्करणको मिस नेपाल चयन प्रतियोगिता। यस पटकको यो उपाधि दौड यात्रामा १९ जना सुन्दरीहरु प्रतिस्पर्धाको मैदानमा होमिएका छन्।

Miss Nepal 2017 Contestants

मिस नेपाल २०१७ प्रतिस्पर्धीसुदरिहरुको फोटो ग्यालरी हेर्नुहोस्

फरक पृष्ठभूमि, शैक्षिक योग्यता, व्यावसायिक कर्म आदि दृष्टिकोणबाट बलिया र एक अर्काको निकटम प्रतिद्वन्दी बन्न सक्ने संभावना बोकेकाहरु सहभागिता भएकाले यस पटकको मिस नेपाल प्रतियोगिता अन्तर्गतको प्रतिस्पर्धा रोमाञ्चक हुने संभावना देखिन्छ। इन्जिनियर, आइटी प्रोफेसनल, इन्टेरियर डिजाइनर, नर्सिङ, पत्रकारिता, व्यवस्थापन, माइक्रो बाइलोजी लगायतका विषयमा स्नातक र स्नात्तोतर अध्ययन गर्दै गरेका र पूरा गरेका उच्च शैक्षिक योग्यता बोकेका सुन्दरीहरु मध्येबाट यही आउँदो जेष्ठ १९ गते २२ औं संस्करणको द हिडेन ट्रेजर मिस नेपाल २०१७ को ताजधारी चयन हुनेछ।
– रोजिन शाक्य

SUBSCRIBE 👉