विल्सन बिक्रम राई (तक्मे बुढो) को आयशा टाकियासँग ब्रुस्ली एक्शन


Hindi Movie Borivali Ka Bruce Lee Teaser Leaked, Featuring Nepalese Actor Wilson Bikram Rai (In Nepal Popularly Known as Takme Budho) & Ayesha Takia

विल्सन बिक्रम राई, अर्थात् तक्मे बुढो – नेपालमा लोकप्रियता चुमेपछि राईले बलिउड फिल्ममा फड्को मारे। जसले नेपालमा काफी चर्चा बटुल्यो पनि। फिल्म कस्तो बन्ला ? विल्सनको भूमिका कस्तो होला ? भन्ने सबैमा कौतुहलता थियो। यो तीर्खा थोरै भए पनि मेटिएको छ। कारण, उनले अभिनय गरेको ‘Borivali Ka Bruce Lee‘ नामक फिल्मको टिजर बाहिरिएको छ। फिल्म निर्माण कम्पनि Pandemonium Pictures कै नामबाट भिडियो होस्टिंग वेब साइट “भिमियो डट कम” मा सेयर गरिएको टिजरमा विल्सनलाई निकै महत्व दिइएको छ। तर यो टिजर आधिकारिक रुपमा नै बाहिरिएको ठोकुवा गर्न सकिने स्थिति भने छैन।

यो फिल्ममा विल्सनले बलिउड अभिनेत्री आयशा टाकियासँग स्क्रिन शेयर गरेका छन्। टिजरबाट उनलाई ब्रुस्ली को झैं भूमिकामा देखाउन खोजिएको छनक पाइन्छ, त्यो पनि कमेडी शैलीमा। खासमा नेपालमा उनी चर्चित भएको पनि उनको कमेडी प्रस्तुतिले गर्दा नै हो। तक्मे बुढाको कमेडी भूमिका सहरदेखी गाउँसम्म रुचाइयो पनि।

के अब विल्सनको फिल्मी यात्रा बलिउड तिरै लम्किएको हो त ? के यो फिल्मले विल्सनलाई बलिउडमा चम्काउला त ? प्रतीक्षाको बिषय बनेको छ। तपाईको विचार कमेन्ट बक्समा सेयर गर्नुहोला।

SUBSCRIBE 👉