क्यान्सर मुक्तिको वर्षदिनमा मनिषाको पार्टी


manisha-koirala

Manisha Koirala

ग्ल्यामर नेपाल, काठमाडौँ । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाका लागि २ मे ऐतिहासिक दिन बनेको छ। यो दिन उनको जन्मदिन त होइन, तर यो दिन उनका लागि कुनै जन्मदिन भन्दा पनि कम महत्वको छैन। क्यान्सर जस्तो खतरनाक रोगबाट उनले मुक्ति पाएको यो दिन उनका लागि जन्मदिन भन्दा विशेष बनेको छ। उनलाई चिकित्सकले एक वर्ष अघि अर्थात २ मे, २०१३ मा क्यान्सर रोगबाट पूर्ण मुक्त घोषणा गरेका थिए। त्यसकारणले पनि उनले यो दिनलाई विशेष दिनको रुपमा मनाउने योजना बुनेकी थिईन्।

हाल मुम्बईमा रहेकी मनिषाले आफनो जिन्दगीको महत्वपूर्ण दिनलाई पुराना तथा नजिकका मित्रसँग बसेर पार्टी गर्दै मनाएकी छन्। उनको यो खुशीयालीमा सहभागिता जनाउन नायिका तब्बु, दिप्ती नवल, अभिनेता ज्याकी श्राफजस्ता बलिउडका हस्ती सहभागी भएका थिए। कलाकारसितको जमघटमा मनिषाले आफ्नो नयाँ जिन्दगीले एक वर्ष पुरा गरेकोले २ मे आफ्ना लागि अर्को जन्मदिन भएको बताएकी थिईन्।

सन् २०१२ को डिसेम्बरमा मनिषालाई गर्भाशयको क्यान्सर भएको पत्ता लागेको थियो। यसपछि उनी सर्जरीका लागि अमेरिका गएकी थिईन्। न्यूर्योकमा करिब ६ महिनासम्म उपचार गरेपछि गत वर्ष उनी भारत फर्केकी थिईन्। गर्भाशयको क्यान्सरको उपचार पछि उनले एक सन्तान पाल्ने इच्छा व्यक्त गरेकी थिईन्। ‘सायद एकदिन फेरी म बिरामी हुने समस्याबाट मुक्त हुनेछु र एक सन्तान पाल्न चाहन्छु, त्यसपछि मेरो आफ्नो परिवार पनि हुनेछ।’ उनले ट्वीटरमा लेखेकी थिईन्।

क्यान्सरबाट मुक्ति पाएपछि अहिले उनी पूर्ण तन्दुरुस्त बनेकी छन्। क्यान्सरका विरुद्ध जित हासिल गरेकी मनिषाको त्यो खुशी उनको मुहारमा प्रष्टै देखिन्थ्यो। पार्टीको समयमा पनि उनी आफ्ना साथीमाझ निकै खुशी देखिन्थिईन्। मनिषा हाल फिल्ममा पुनरागमन गर्नका लागि स्क्रिप्टको अध्ययनमा व्यस्त छिन्। उनी २००८ मा ‘भुत रिटन्र्स’ नामक फिल्ममा देखिइएकी थिईन्।

manisha-koirala-1

Manisha Koirala

मनिषाका एकताका बलिउडकी सर्वाधिक चर्चित नायिका थिईन्। फिल्म ‘सौदागर’मार्फत बलिउडमा डेब्यु गरेकी उनले त्यसपछि कैयौं सफल फिल्ममा काम गर्दै आफुलाई क्षमतावान अभिनेत्रीको रुपमा स्थापित गराएकी थिईन्। उनले ‘बम्बे’, ‘दिल से’, ‘१९४२–ए लभ स्टोरी’ जस्ता सफल फिल्ममा अभिनय गरेकी छन्। – एजेन्सीको सहयोगमा

SUBSCRIBE 👉