पल र आँचलको ‘जोनी जेन्टलम्यान’ प्रदर्शन मिति धकेलियो


जेठ १९ मा प्रदर्शन मिती तय गरेर प्रचार-प्रसारमा उत्रेको फिल्म ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिती सारिएको छ। देशको वर्तमान राजनिती घटनाक्रमले फिल्मको व्यापारमा असर गर्ने देखिएकोले निर्माण युनिटले फिल्मको रिलिज मितीलाई परसारेको बताएको छ।

स्थानीय तह अन्तर्गत बैशाख ३१ गते भएको पहिलो चरणको चुनावले नेपाली बक्सअफिससंगै फिल्मी बजारमा समेत असर गरेको थियो। त्यस्तै, दोस्रो चरणको चुनावले पनी फिल्मी क्षेत्रमा प्रत्यक्ष असर गर्छ भन्ने फिल्मी पण्डितहरुको समीक्षा र दर्शकीय मनोविज्ञानलाई मध्यनजर गर्दै ‘जोनी जेन्टलम्यान’ले रिलिज मिती २ महिना पछी धकेलेको हो। अब यो फिल्म भदौ ३० बाट अल नेपाल रिलिज हुने छ।

यसअघी रिलिज गरिएका प्रचार सामाग्री दर्शकको रोजाईमा परिसकेका छन्। नितिन चन्दको निर्देशन र एनड्रिउ पौडेलको लगानीमा बनेको फिल्ममा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ। एसअघि यो जोडी ‘ नाई नभन्नु ल – ४’ मा देखिएका थिय।

SUBSCRIBE 👉