सन्ध्या भगाउन अनुपको कडा कसरत!


बिसुद्ध नेपाली समाजको परिवेशलाई चित्रण गरिएको कमेडी जनराको फिल्म ‘कमलेको बिहे’को ट्रेलर रिलिज भएको छ। सोमबार साँझ युट्युव मार्फत रिलिज गरिएको फिल्मको ट्रेलरले नेपाली युट्युव ट्रेण्डिङमा पहिलो तीस भित्र स्थान सुरक्षित गरिसक्दा ७५ हजार भन्दा बढिले हेरिसकेका छन्।

ट्रेलरमा समावेश लिड अभिनेता अनुपबिक्रम शाहिले निभाएको भुमिकालाई धेरैले वाहि वाहि’ दिएका छन्। खल-पात्रको भुमिकामा फिट भईसकेका अनुपले निभाएको हालसम्मकै फरक अभिनयलाई दर्शकले तारिफ गरेका छन्। उनले शास्त्री (पण्डित)को रुपमा निर्वाह गरेको भुमिकासँगै चमेली बनेकी अभिनेत्री सन्ध्या केसीको लुक्स र अभिनयलाई पनि तारिफको ओहिरो छ।

फिल्मको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
Kamaley Ko Bihey – Trailer

प्रसन्न पौड्याल निर्दे्शित फिल्मको आधिकारिक रिलिज मिति तय भईसकेको छैन्। श्रावण महिनामा रिलिजको तयारीमा निर्माण टिम जुटेको छ। सरिता लामाले फिल्मलाई निर्माण गरेकी हुन्। फिल्मलाई विदुर पाण्डेले खिचेका हुन्। निर्देशन पौड्याल नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार रहेको बताउँछन्।

महेश दवाडीको कथा, पटकथा तथा संवाद समावेश ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र किरण लाकौल लिड अभिनयमा छन्। सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्ममा कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ हुन्। लगानीमा प्रतिक तामाङ र सुनिल विष्टले साझेदारी गरेका छन्।

SUBSCRIBE 👉