नेपाली पहिरनमा बोल्ड साम्राज्ञी । ‘ए मेरो हजुर २’ को मारुनी गीत रिलिज


actress in cultural dress photo

भदौ १६ गतेबाट रिलिज हुने चलचित्र ‘ए मेरो हजुर २’को अर्को गीत रिलिज गरिएको छ। लोकलयमा आधारित यो चलचित्रको ‘किनिदेउ न साइला दाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। यो गीतमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई फिचर गरिएको छ। चलचित्रमा साम्राज्ञी र नव-नायक सलिनमान बाँनियाको मुख्य भूमिका छ। यस अघि रिलिज गरिएको “कसम हो कसम…” शिर्षगीत सार्वजनिक भएसँगै चर्चामा रहेको छ।

मारुनी फ्लेवरमा निर्माण भएको यो गीतमा कविराज गतहराजको कोरियोग्राफी छ। विभिन्न नेपाली पहिरन सजिएकी सम्राज्ञी निकै सुन्दर देखिएकी छिन्। बोल्ड अवतारमा देखिदै आएकी सुन्दरीको यो गेटअप दर्शकका लागि नयाँ र आकर्षक लाग्न सक्छ। बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यो गीतमा साधना सरगमको स्वर सुन्न सकिन्छ।

चलचित्रमा अनुभव रेग्मी, वुद्धि तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, सुमन पौडेल लगायतका कलाकारको पनि अभिनय छ। सुहाना इन्टरटेन्मेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेको यो चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन्।

SUBSCRIBE 👉