रिजेक्ट गरेकै फिल्ममा अरुणिमाको अभिनय


arunima-lamsalग्ल्यामर नेपाल, काठमाडौं। फुसर्दमा रहेको बेलामा हातमा आएको फिल्म ‘रिजेक्ट’ गर्नु कलाकारका लागि दुर्भाग्य नै मानिन्छ। अझ सन्तानको आमा भएर घरैमा सन्तान स्याहारिरहँदा आएको फिल्मी अफर लत्याउँदा त्यो जस्तो पीडा कुन कलाकारलाई नहोला। छोरीलाई स्याहार गरेर घरैमा बसिरहेकी नायिका अरुणिमा लम्सालले पनि झण्डै यस्तै समस्या भोग्नु पर्यो। रेड एप्पल मुभिजको व्यानरमा बन्न लागेको फिल्म ‘पीपल’मा अभिनय गर्न प्रस्ताव लिएर फिल्म युनिट जाँदा उनले त्यसलाई ठाडै रिजेक्ट गरेकी रहिछन्।

‘यो फिल्मको प्रस्ताव आउँदा मैले रिजेक्ट गरेर बसेको थिएँ, यो फिल्ममा काम गर्दिन् भनेर नै बसेको थिएँ, तर पनि फिल्ममा आफ्नो भूमिकाका बारेमा थाहा भएकाले घरमा गएर केही समय सोचें, अनि श्रीमानसँग पनि सल्लाह लिए,’आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भन्दैथिईन्,‘श्रीमानबाट पनि काम गर्न प्रोत्साहन मिलेपछि अभिनय गर्न स्वीकारे। यो मेरो ५२ औं फिल्म हो, जुन फिल्म रिजेक्ट गरेर पनि काम गरें।’ अधिकांश व्यावसायिक र पारिवारिक फिल्ममा अभिनय गरेको बताउँदै अरुणिमाले आफुले नौलो भूमिकामा अभिनय गरेको दाबी गरिन्। फिल्ममा उनी दलित महिलाको भूमिकामा देखिँदैछिन्।

Nepali-Movie-Pipalनिरञ्जन कसजु(माइला)को कथा, निर्माण र निर्देशनमा बनेको फिल्ममा अरुणिमाका अलावा किशोर खतिवडा, सुष्मा अधिकारी र ध्रुव कोइरालाले प्रमुख भूमिकामा अभिनय गरेका छन्। कार्यक्रममा फिल्मका द्वन्द निर्देशक योगेन्द्र श्रेष्ठले फिल्मको द्वन्दमा केही नौलो कुरा प्रयोग गरेको बताए। फिल्ममा प्रदिप श्रेष्ठको नृत्य, अनन्त थपलिया र विपिन मल्लको सम्पादन, रेखा पौडेल, लोचन घिमिरे र शशी थापाको संगीत र बाबु श्रेष्ठको छायांकन रहेको छ।

SUBSCRIBE 👉