रहिनन् ‘मोहनी लाग्ला है’की गीतकार कुसुम गजमेर


Kusum Gajmer Photo

Lyricist Kusum Gajmer

कुसुमे रुमाल, लाहुरे, चिनो, बेहुली, अन्याय, बाँसुरी, दुर्इ थोपा आँसु, दक्षिणा, दर्पणछाया लगायत चलचित्रहरुका थुप्रै चर्चित गीतका सर्जक गीतकार कुसुम गजमेरको निधन भएको छ। ७२ वर्षीया गजमेरको भारतको मुम्बईमा बिहीबार बिहान निधन भएको हो। लामो समयदेखि कलेजोको रोगबाट पिडित कुसुमको उपचार भइरहेको थियो ।

दार्जिलिङमा विसं २००२ असोज १७ गते भारतको दार्जिलिङमा जन्मिएकी कुसुम चर्चित संगीतकार रञ्जीत गजमेरकी श्रीमती तथा चलचित्र निर्देशक तुलसी घिमिरेकी सासू हुन्। उनका दुई छोरी र एक छोरा छन्। दुई छोरीमध्ये भारतीसँग निर्देशक घिमिरेले विवाह गरेका थिए।

गजमेरले लेखेका गीतहरु ‘कसरी भनूँ म मनको कुरा यो’, ‘के सोचें मैले के भयो अहिले’, ‘मोहनी लाग्ला है’, ‘चियाबारीमा’, ‘रेली खोला बगर’, ‘पिरती आफैं हुँदो रैछ’, ‘वीरताको चिनो वीरको सन्तान’, ‘माया के होला’ लगायत गीतहरु सफल र निकै चर्चित छन्। उनको शब्दमा आशा भोसले, नारायणगोपाल, उदित नारायण झा, दीपा झालगायतका चर्चित गायक गायिकाले स्वर दिएका छन्।

SUBSCRIBE 👉