वैशाखमै तीज, छम छम नाच्दै सुमिना र गरिमा (फोटोफिचर)


Garima Panta Sumina Ghimire (1)
ग्ल्यामर नेपाल, काठमाडौं। सिमसिम पानी परेर राजधानीको मौसम चिसिरहँदा अनामनगरस्थित नुतन स्टुडियो भित्र चाहिँ मौसम निकै तातो बनिरहेको थियो। तीज आउन करिब तीन महिना बाँकी रहँदा केही महिलाहरु रातो साडी र छड्के तिलहरी लगाएर कम्मर मर्काई मर्काई नाँच्न व्यस्त देखिन्थे। महिलाको अग्रभागमा भने नायिका गरिमा पन्त निकै उत्साहित र खुशी बन्दै बाडुली घुमाईरहेकी थिईन्। प्रविशा अधिकारी र रमिलाको स्वरमा सजिएको ‘छड्के पोते, रातो साडी’बोलको गीतमा गरिमा नाँचिरहँदा त्यही छेउमै रहेकी अर्की नायिका सुमिना घिमिरे भने केही गम्भीर मुद्रामा देखिन्थिईन् । कोरससँग नाँचिरहँदा गरिमा जति खुशी देखिन्थिईन, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले ‘ओके’ र ‘कट’ भन्दै उनलाई नाँच्न रोक्दा त्यति नै थकित देखिन्थिन्।

sumina-ghimire-and-garima-pantaसमूहमा नृत्य गर्दा गरिमा साँच्चै नै तिज नै आएको हो कि जस्तो अनुभव गरिरहेकी थिईन्। ‘साँच्चै तीज नै आएको हो कि जस्तो लागिरहेको छ,’उनी भन्दैथिईन्,‘कलाकार भएर अभिनय गरेपछि जस्तो पनि भूमिका निभाउनु पर्नेरहेछ।’ एकताका राम्रा–राम्रा फिल्म बनाएर चर्चामा आएको व्यानर नुतन फिल्मस्को निर्माण बनिरहेको फिल्म ‘रंग बैजनी’को यो सुटिङ भइरहँदा फिल्मका निर्देशक शम्भु प्रधान उज्यालो अनुहार लगाईरहेका थिए। ‘फिल्म पुनरागमनको शुरुवात राम्रो होला जस्तो लागिरहेको छ,’१२ वर्षपछि फिल्म निर्देशनमा पुनः आएका निर्देशक प्रधान भन्दैथिए,‘कलाकारहरुले पनि राम्रो काम गरिरहेका छन्, उनीहरु नयाँ हुन् जस्तो पनि लाग्दैन।’

Ranga Baijani (2)‘स्वर्ग’, ‘सम्झना’, ‘सरस्वती’, ‘सक्कली नक्कली’ र ‘सन्यास’ जस्ता राम्रा फिल्म निर्देशन गरेका शम्भुले पारिवारिक कामका कारण बीचको समय फिल्ममा नआएको बताए। उनका अनुसार फिल्मले एक पुरुषको दुई श्रीमति हुँदा परिवारमा आउने तनावलाई प्रस्तुत गरेको छ।

फिल्ममा ‘रमा’को भूमिकामा अभिनय गरेकी नायिका गरिमाले कम बोले पनि अरुलाई प्रभाव पार्ने सक्ने भूमिकामा अभिनय गरेको बताईन्। ‘देविना’को भूमिकामा अभिनय गरेकी सुमिनाले मान्छेको जीवन पनि रंग अनुसार हाँसो, खुशी, रोदन हुने भए जस्तै आफ्नो भूमिकामा पनि फेरिरहने बताईन्। नृत्य निर्देशक श्रेष्ठले दुवै नायिकाले राम्रोसँगले नृत्य गरेको बताए।

Ranga Baijani (4)फिल्मको कथा शम्भुकी अर्धाङ्गिनी नुतनले लेखेकी हुन्। दीप प्रधानको संगीत रहेको फिल्ममा शशांक प्रधानको छायांकन रहेको छ। शशांक शम्भुका छोरा हुन्, जसले पुनामा सिनेम्याटोग्राफी सम्बन्धी अध्ययन गरेर मुम्बईमा प्रख्यात छाँयाकार विनोद प्रधानसँग सहायक सिनेम्याटोग्राफरको रुपमा काम गरिसकेका छन्। फिल्ममा मोडल दिक्पाल कार्कीले नायकको भूमिकामा अभिनय गर्दैछन्।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् 

SUBSCRIBE 👉