भुईंमान्छे टिजर: सिपोरा गुरुङ्गको एक्शन र रमेश बुढाथोकीको जिवन्त अभिनय


Sipora Gurung | Ramesh Budhathoki

Sipora Gurung | Ramesh Budhathoki | Image: Bhuimanchhe You-Tube Video

राजधानीमा कार्यक्रमको आयोजना गर्दै फिल्म ‘भुइँ मान्छे’ को टिजर सार्वजनिक गर्नुका साथै फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ। यो फिल्म साउनको २० गतेबाट अल नेपाल रिलिज हुँदै छ। नबराज बुढाथोकीको निर्देशनमा तयार भएको यो फिल्ममा पोष्टमार्टम गर्ने (शव चिर्ने) मान्छेको मनोविज्ञान देखाइएको छ। कार्यक्रममा फिल्मका निर्माता रोहिणी भट्टराई, निर्देशक नवराज बुढाथोकी, कलाकार रमेश बुढाथोकी र सहिन प्रजापतिको उपस्थिति रहेको थियो। फिल्मकी अभिनेत्री सिपोरा देश बाहिर रहेको हुदा कार्यक्रममा सहभागी हुन् पाइनन्।

फिल्मको टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्

टिजरमा भलिवल खेलाडी सिपोरा गुरुङको एक्सन देखाइएको छ। जिवन्त अभिनय गर्ने अभिनेता रमेश बुढाथोकी यो फिल्ममा पोष्टमार्टम गर्ने व्यक्तिको रुपमा देखिएका छन्। टिजरमा उनी अस्पतालमा राखिएका शवहरु काटकुट गर्दै गरेको देखिन्छन्।

यो फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ सँगै शहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिणी भट्टराई, सानु ताम्राकार, नविन श्रेष्ठ, आर्यान न्यौपाने, सौरभ ढकाललगायत अधिकाँस रंगमञ्जका कलाकारको अभिनय छ।

SUBSCRIBE 👉