काठमाडौं आउंदै ब्रिटिस ‘आर एन्ड बी’ गायक जेसन


R n' B Singer Jaysean  Performing in Kathmandu

‘ब्रिटिस आर एन्ड बी’ जनराका गायक जेसन सन २००९ देखि सन २०१२सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे। उनले सन २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट बिएमआई सङ साईटर अवार्ड जितेका छन्। अमेरिकामा समेत दुई पटकसम्म उत्कृष्ट दश गायक भित्र पर्न सफल यिनै कलाकार जेसनलाई अब काठमाडौंमा प्रत्यक्ष सुन्न र देख्न पाईने भएको छ।

बेलायती गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएका छन्। ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन्। जेसनले आफ्ना चर्चित गीतहरु राईड इट…, मेक माई लभ…, स्टोलन…, डाउन डाउन…, आइ एम अल योर्स…, लाईक दिस लाईक द्याट…, डान्स विद यु…, स्टे…ह्वेर यु डु गो..सहित आफ्ना हिट डेढ दर्जन गीत गाउने छन्।

युहान इन्टरनेशनल इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सँगीतिक शृंखला अन्तर्गत पहिलो शृंखलामा जेसनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो।

सामाजिक सञ्जाल फेशबुकमा ७० लाख र टिवटरमा ४० लाख भन्दा बढी फलोअर भएका जेसन सँगीतिक कार्यक्रमका लागि आफ्नो डिजे र टिम सहित २७ जुनमा काठमाडौं आउने छन्। २८ जुन बेलुका कार्यक्रम सकेर उनी २९ जुनमा नै फर्कने छन्।

SUBSCRIBE 👉