लन्डनको एसएसई एरिनामा नेपाली कन्सर्ट हुँदै


Nepalese Musical Group are all set to perform in London

कन्सर्टका लागि लन्डन वेम्लीस्थित एसएसई एरिना विश्वप्रसिद्ध थलो मानिन्छ। महँगो त आफ्नो ठाउँमा छ तर यो हलमा कार्यक्रम गर्न कम्पनीको प्रोफाइल हेरेर मात्र गर्न पाइन्छ। यो हलमा फेरी ‘बी फेस्ट’ र ‘पर्चा प्रोडक्सन’ले आगामी १७ जुनमा ‘जुन फेस्टिभल’ नाम दिएर कन्सर्ट गर्ने भएको छ।

सन् २०१३ मा पर्चा प्रोडक्सनले नै वेम्ली एरिनामा पहिलोपटक नेपथ्य ब्यान्डको कन्सर्ट गरेको थियो। १७ जुनमा हुने ‘जुन फेस्टिभल’ मा गायक विपुल क्षेत्रीसहित अल्बाट्रोस, कुटुम्ब एवं एज ब्यान्डले एकैपटक गीतसंगीत प्रस्तुत गर्ने आयोजक पर्चा प्रोडक्सनका सीईओ समीर गुरुङले जानकारी दिए।

कन्सर्टका लागि २५ सदस्यीय टोली आगामी १४ जुनमा लन्डन पुग्नेछ। साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्युमा कम्तीमा १० हजार दर्शक उतार्ने लक्ष्य आयोजकको छ। ३५ देखि ११ पाउन्डसम्म प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा चल्नेछ। कलाकारलाई अवसर र नेपाली गीतसंगीतको अन्तरास्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको आयोजकले बताएका छन्।

SUBSCRIBE 👉