पुजाले पललाई भनिन् – सबैथोक आफूले चाहेको मात्र हुँदोरहेनछ…।


Paul Shah Pooja Sharma | Ma Yesto Geet Gauchhu

“तँ त मैले मात्र भन्न पाउँछु” चलचित्र ‘प्रेमगीत’मा नायिका पूजा शर्माले यो संवाद बोलेकी थिइन्। यो संवाद अहिले पनि दर्शकको मुखमा झुण्डिएको छ। धेरै दर्शकले यही संवादका कारण पनि पूजालाई रुचाएका थिए। अब, दर्शकले पूजाको यो संवाद नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पनि सुन्न पाउनेछन्।

काठमाण्डौको सिने जोन स्टूडियोमा नायिका शर्मा चलचित्रको डबिङमा व्यस्त थिइन्। उनले अर्को संवाद बोलिन्–‘फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउन पाए, अर्को जुनी पनि तिमी सँगै लिन पाए।’ निर्देशक सुदर्शन थापा पूजालाई संवाद शैली सिकाउँदै थिए। उनले अर्को रमाइलो संवाद बोलिन्–‘यो रोड त मेरो हो, कसले के गर्न सक्छ र ?’

असार ३० गतेबाट रिलिज हुने यो चलचित्रमा पूजाको जोडीको रुपमा नायक पल शाहले अभिनय गरेका छन्। चलचित्र भित्र पनि पलको नाम ‘पल’ नै हुनेछ। पूजाले एउटा यस्तो संवाद डबिङ गरिन्–‘सबैथोक आफूले चाहेको मात्र हुँदोरहेनछ… पल।’

चलचित्रको ‘भन्छु आज’ बोलको गीतको भिडियो र अडियो जुकबक्सलाई दर्शक श्रोतालेअत्याधिक रुचाएका छन्। प्रेमकथामा आधरित यो चलचित्रको बारेमा पूजा भन्छिन्–‘यसपटक पनि दर्शकले मलाई चलचित्र हेरिसकेपछि संझने धेरै संवादहरु चलचित्रमा छन्। गीतको रुपमा ‘प्रेमगीत’मा दर्शकले मलाई जसरी रुचाइदिनुभयो, त्यसरी नै ‘म यस्तो गीत गाउँछु’बाट माया पाउनेमा ढुक्क छु।’

SUBSCRIBE 👉