दीपिकाको गलामा रणवीरको ‘लव’ लकेट


dipika padukon

Dipika Padukone and Love Locket

मुम्बई, एजेन्सी। बलिउड फिल्म ‘रामलीला’ जोडी दीपिका पादुकोण र रणवीर सिंह आफ्नो वास्तविक सम्बन्धलाई लिएर निकै गम्भीर बन्न थालेको आभाष पछिल्लो समयमा हुन थालेको छ। आजकल दीपिकाले आफ्नो गलामा सुनौलो लकेट लगाउन थालेकी छन्।

प्रायः जहाँ जादा पनि त्यसलाई नछुटाउने दीपिकाको उक्त लकेटमा ‘लव’ लेखिएको छ। स्रोतका अनुसार दीपिकाले लगाएको उक्त लकेट रणवीरले नै उपहारको रुपमा उनलाई दिएका हुन्। दीपिका र रणवीर अहिले आफ्नो प्रेमलाई आम मानिसको अगाडि लुकाउन चाहँदैनन् । त्यसैकारणले पनि उनले उक्त लकेट आफ्नो गलामा लगाई रहेकी छन्।

दीपिका पनि आफ्नो गलामा लगाएको लकेट अरुलाई देखाएर आफ्नो र रणवीरबीचको रियल रोमान्सको पुष्टि गर्न चाहेकी छन्। यसअघि रणवीर कपुरसँग दीपिकाको रोमान्स चलिरहँदा उनले गर्धनको पछाडि ‘आरके’ नामको टाटु खोपेकी थिईन्।

SUBSCRIBE 👉