हलिउड देखि बलिउड सम्म को को हुन् डेन्जरस सेलिब्रिटी?


डेन्जरस सेलिब्रिटीको लिस्टमा अमेरिकन कमेडियन एमी स्कुमर देखि बलिउडकी सोनाक्षी सिन्हा सम्म

सन् २०१६ मा गरिएको अध्ययनका अनुसार अमेरिकन कमेडियन स्टार एमी स्कुमर सबैभन्दा डेन्जरस सेलिब्रिटी हुन्। ‘म्याकफे मस्ट डेन्जरस सेलिब्रिटी’ को पहिलो नम्बरमा उनको नाम आएको थियो। डेन्जरस सेलिब्रिटीको सूचीमा जस्टिन बिबर, कार्सन डेली, विल स्मिथ, रिहाना, माइली साइरस र सेलेना गोमेज टप टेनभित्र परेका थिए ।

बलिउडमा भने अभिनेत्री सोनाक्षी सिन्हालाई सन् २०१६ की ‘मोस्ट डेन्जरस सेलिब्रिटी’ को संज्ञा मिलेको छ। म्याकफेले नै गरेको साइबर सर्वेक्षणका अनुसार सोनाक्षीबारे अनलाइनमा खोजी गर्दा अनसेफ साइटमा कनेक्ट हुने खतरा ११.११ प्रतिशत छ। उनीपछि क्रमश: फरान अख्तर, करिना कपुर, टाइगर स्रोफ र अर्जुन कपुर, श्रद्धा कपुर, कृति सनोन, साहिद कपुर र प्रियंका चोपडा, विपाशा वसु, सैफ अलि खान र आलिया भट्ट डेन्जरस सूचिको टप टेनमा परेका छन्।

उनीहरू किन डेन्जरस भने इन्टरनेटमा यिनको नाम सर्च गर्दा भाइरस वा मालवेयर इन्फेक्टेड वेबसाइटमा पुग्ने खतरा ज्यादा हुन्छ। इन्टेल सेक्युरिटीले बर्सेनिी सार्वजनिक गर्ने यस्तो सूचीमा थुप्रै सेलिब्रिटीको नाम आउने गरेको छ। इन्टरनेटमा सेलिब्रेटीहरुको धेरै नै सर्च हुने हुँदा हयाकरहरूले सेलिब्रिटीको नामलाई भाइसरयुक्त साइटमा लिंक गराउने गरेका हुन्छन। त्यसकारण यदि तपाई पनि आफूलाई मन परेको सेलिब्रिटीको इन्टरनेटमा खोजी गर्दै हुनुहुन्छ भने होशियार रहनु होला।

SUBSCRIBE 👉