कार्तिक १७ मा हसन राजा खानको रोमियो आउने


वैशाख २९ गते रिलिज हुने भनिएको चलचित्र ‘रोमियो’लाई स्थानिय निर्वाचनले असर गर्यो। वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनकै कारण यसको प्रदर्शन मिति सारिएको थियो।

वैशाख २९ गतेबाट पछाडि हटेको यो चलचित्र अब भने कात्तिक १७ गतेबाट रिलिज हुने भएको छ। निर्माता तथा नायक हसन खानले दिएको जानकारी अनुसार, वितरण कम्पनी एफडी सँग सल्लाहा गरेर कात्तिक १७ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको हो।

अब, यो डेटबाट चलचित्र पछि नसर्ने हसनले स्पष्ट पारे। उनले भने–‘हामीले वैशाख २९ गते नै रिलिज गर्ने तयारी गरेका थियौ। तर, स्थानिय निर्वाचनका कारण चलचित्रको प्रदर्शन मिति सार्नु पार्यो। अब, कात्तिक १७ मा चलचित्र रिलिज हुन्छ।’

शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ। चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो हिट भैसकेको छ।

SUBSCRIBE 👉