लामो समयको अन्तरालपछि छिरिङ भुटिया को ‘यो चोखो मायामा… म्युजिक भिडियो रिलिज


लामो समयको अन्तरालपछि छिरिङ भुटिया को ‘यो चोखो माया’ गीतको भिडियो रिलिज भएको छ। विनय लामाको शब्द र संगीतमा छिरिङ भुटियाको स्वर रहको गीतमा विशाल ताम्राकारले एरेन्ज एवं रेकर्ड गरेका छन्।

भिडियोमा पुरानो ब्याण्ड ‘प्रिज्म ब्याण्ड’ ले फिचरिङ गरेको छ। सन् १९७४ मा स्थापना भएको यस ब्याण्डमा सुवर्ण लिम्बू (संगीतकार/एरेन्जर), देव राना (ड्रमर), दिपक थापा (संगीतकार, एरेन्जर), पेम्बा लेप्चा (संगीत प्रशिक्षक) सदस्यहरु रहेका छन्। अमृत सुनुवारको छायाँकार/निर्देशन रहेको यो म्यूजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन्।

म्युजिक भिडियो हेर्नुहोस्

को हुन् छिरिङ भुटिया ?
छिरिङ भुटिया युवपुस्ताका पुराना गायक हुन्। पूर्वी पहाडी जिल्लाको चेपुवा–३ संखुवासभा स्थायी घर भएका भुटियाको जन्म भने सुखियापोखरी दार्जिलिङमा भएको हो। २०३० साल चैतमा जन्मिएका भुटियाको सांगीतिक जिन्दगीको परीक्षणकाल भने साथीसंगीसँगको उठबस नै हो। औपचारिक रुपमा सांगीतिक यात्राको सुरुवात भने २०५३ साल हेरिदेउ हाँसिदेउ गीत नै हो। भुटियाले यो गीतको रेकर्डसँगै गोपाल योञ्जनसँग सहकार्य गर्ने मौका पाए। योञ्जनको निशानी कलेक्सन एल्बममा स्वर दिने मौका पाए। २०५३ सालतिर निशानी बजारमा आएपछि आफ्नै एल्बमहरु प्रकाशनमा ल्याउन सुरु गरे। तिमी आएजस्तो २०५४, सायद २०५७, डे २०५९, उपस्थिति २०६२ जस्ता चारवटा एल्बहरु बजारमा ल्याइसकेपछि भुटियाले आफ्नो सांगीतिक यात्रामा पेशा परिवर्तन नै गरेभन्दा पनि फरक पर्दैन।

यसरि पर्यो ओझेलमा छिरिङको गायन
अवार्डहरुः हिट्स एफएम म्यूजिक अवार्ड २०५८, साचिस अवार्ड २०५९ (दार्जिलिङ) अवार्ड चुमिसकेका उनले गायनलाई केही थाँती राखेर साउन्ड इन्जिनियरिङको पेशालाई आत्मसात गर्दै आए। सधैं सांगीतिक कार्यक्रमहरुमा उनको साउन्ड इन्जिनियरिङको कामबाट सबैले उनको प्रशंसा गरिरहे तर उनको गायकी भने ओझेल पर्दै गयो।

साउन्ड इन्जिनियरिङ सँग संगै गायनलाई निरन्तरता
त्यसो त राम्रा गायक भएर पनि छिरिङ भुटियाले आफ्नो साउन्ड इन्जिनियरिङको पेशालाई मजबुत बनाउँदै आएका पनि छन्। प्राविधिक सल्लाहकारका रुपमा सांस्कृतिक संस्थानमा कार्यरत रहेका उनी अब भने प्रोजेक्ट ५ मार्फत् सांगीतिक यात्रालाई निरन्तरता दिने सोचमा छन्। अब गायनयात्रालाई पनि अगाडि बढाउँदै जानेछु गायक भुटियाले भने – ‘मेरो सांगीतिक करिअरमा पाएको स्थानेले नै आज यो स्थानमा पाएको हुँ। पुरानादेखि नयाँसम्मको सहकार्य गरिसकेँ अब मेरो वास्तविक परिचय नै हराउलाजस्तो लागेको छ त्यसैले गायनलाई निरन्तरता दिनेछु।’

SUBSCRIBE 👉