पछाडी सर्यो मेरो बेष्ट फ्रेण्ड


mero-best-friend-priyanka-karki
ग्ल्यामर नेपाल, काठमाडौं। फिल्मी बजारमा राम्रो चर्चा पाईरहेको दुई फिल्म ‘नाइ नभन्नु ल २’ र ‘नोभेम्बर रेन’ले थिएटरमा होल्डओभरलाई कायमै राखेपछि आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मेरो बेष्ट फ्रेण्ड’ले आफ्नो प्रदर्शन मितिलाई जेठ ९ मा सारेको छ।

फिल्मका निर्देशक प्रसन्न पौडेलले फिल्मको लागि थिएटर खाली नभएकाले र दुई फिल्मको होल्डओभर कायमै रहेकाले फिल्मको प्रदर्शन मितिलाई सारिएको बताए। जेठ ९ मा ‘मिस नेपाल’ र ‘हँसिया’ पनि प्रदर्शन हुँदैछ।

फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, रेश मरठ्ठा, विमलेश अधिकारी, दिवस उप्रेती, निर्मल शर्मा र पूजा शर्मा लगायतको अभिनय रहेको छ। प्रजिता बज्राचार्य निर्माता रहेको फिल्ममा सुगम पोखरेलको संगीत र विदुर पाण्डेको छायांकन छ।

SUBSCRIBE 👉