देखियो गहिरो प्रेम ! प्रियंकालाई जुरुक्कै बोकेर आयुष्मानले गरे चुम्बन


प्रियंकालाई जुरुक्कै बोकेर आयुष्मानले गरे चुम्बन । अवार्ड शो मै प्रियंका र आयुष्मानको चुम्माचाटी ! – भिडियो हेर्नुहोस्

राजधानिको पाँच तारे होटलमा ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ कार्यक्रम सम्पन्न भयो। यो अवार्ड कार्यक्रममा अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी सपरिवार पुगेका थिए। प्रियंकाले चलचित्र ‘छक्का पन्जा’ बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पाइन् भने आयुष्मानले ‘उत्कृष्ट नव–अभिनेता’को विधामा अवार्ड जिते।

निकै कम संख्यामा कलाकारहरुको उपस्थिति रहेको यो कार्यक्रममा सबैको ध्यान भर्खर भर्खरै प्रेमी प्रेमिका बनेका प्रियंका र आयुष्मान तिर थियो। झन् आयुष्मानले ‘उत्कृष्ट नव–अभिनेता’को विधामा अवार्ड पाएपछि उनले स्टेज बाट नै प्रियंकालाई आफ्नो प्रेमिका भनेर परिचित गराए। त्यति मात्र कहाँ हो र ? जब ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड लिएर स्टेजबाट प्रियंका आईन, आयुष्मानले बधाई दिदै अंगालो हाले। तर, उनलाई खुशी साट्न अझ धेरै मन लागेछ क्यारे, प्रियंकालाई जुरुक्कै बोकेर उनको ओठमा चुम्बन गरिदिय।

आयुष्मानले चलचित्र “चपली हाईट २” बाट अवार्ड पाएका थिए। चपली हाईट २ मा आयुष्मान र परमिता रानाले एकसाथ काम गरेका थिए। त्यतिबेला आयुष्मान र परमिता प्रेममा थिए भने अहिले आयुष्मान, प्रियंकाको प्रेममा छन्। आयुष्मान, प्रियंकाको प्रेम कतिन्जेल टिक्ला ? हेर्न बाँकि छ।

SUBSCRIBE 👉